रवि लामिछानेको फोटोलाई आफ्नै हातले यति राम्रोसँग स्केच गरिन् यी युवतीले



३० जेठ २०७६, काठमाडौँ

रवि लामिछाने नेपालका निकै चर्चित पत्रकार हुन् । उनले केही समय अघि निकितासँग लगनगाठो कसेका थिए । अहिले रवि लामिछानेको वैवाहिक जीवनबारे पनि सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ ।

यस्तै एक युवतीले रवि र निकिताको विवाहको फोटोको आफ्नो हातले स्केच गरेर रविको स्टुडियोमा पुगेकी छिन् । अहिले यो कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । ज्योती सुवेदी नाम गरेकी युवतीले उक्त स्केच तयार पारेकी छिन् । उनी स्केच बनाउनमा निकै अव्वल छिन् ।

उनले आफू रवि लामिछानेको फ्यान भएका कारण उनको स्केच तयार पारेको बताएकी छिन् । उनले उक्त स्केच तयार पार्न आफूलाई पुरा ३ दिन लागेको बताएकी छिन् । उनको मेहेनत देखेर सबै दंग परेका छन् ।

प्रतिक्रिया दिनुहोस्