घरमै सिहं पालेर सँगै खाने र सुत्ने गर्छन् यी व्यक्ति…



२९ जेठ २०७६, काठमाडौं

पाकिस्तानको मुल्तान भन्ने ठाउँमा जुल्केफ नाम गरेको व्यक्तिले घरमै सिहं पालेर दुनियाँलाई अहिले चकित पारेका छन् । घरमा ल्याएर पालेको मात्र कहाँ हो र ! सँगै खाने, सँगै सुत्ने समेत गर्ने गरेका छन् । जुल्फेकले सिहंलाई बब्बर भनेर बोलाउँले गर्छन् ।

बब्बरका कारण उनको परिवारमा कुनै पनि समस्या निम्तिएको छैन् भनेर जुल्फेकले खुलासा गरेका छन् । साथै उनको परिवारका सदस्यह? पनि सिहंसँगै रमाएर दिन बिताउँने गर्छन् । बब्बर ७ महिना देखि जुल्फेकको परिवारमा सदस्य बनेर बसिरहेका छन् ।

जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिएका छन् । सिहं ३ लाखमा किनेको र यसलाई पालन पोषणको लागी महिनाको २ लाख सम्म खर्च हुने उनले बताए ।

बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएका छन् र जुल्फेकको घरमा बब्बर हेर्नका लागि गाउँलेह? लस्कर लाग्ने गर्दछन् । उनले बब्बरलाई घरमा ल्याएर पाल्न थालेपछि बब्बरका हरेक क्रियाकलाप देखेर गाउँलेहरु चकित भएका छन् । जुल्फेक अहिले बब्बरका कारण विभिन्न सञ्चार माध्यमबाट छाइरहेका छन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्