निलो पहिरनमा खुलेको साम्राज्ञीको सुन्दरता (फोटो सहित)



२९ जेठ २०७६, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो  समयकी निकै व्यस्त र चर्चित नायिका हुन् । यतिबेला उनी चलचित्र मारुनी को प्रमोशनमा व्यस्त छिन् । यस्तै चलचित्र मारुनी को पहिलो गीत सार्वजनिक भैसकेको छ ।

गीत सार्वजनिक कार्यक्रममा साम्राज्ञी निकै राम्री बनेर पुगेकी थिइन् । उनले निलो रङको लामो लेहेङ्गा लगाएकी थिइन् । साम्राज्ञी गीत सार्वजनिक कार्यक्रममा आफ्नी आमा र भाईसँग पुगेकी थिइन् । हुन त साम्राज्ञी धेरैजसो कार्यक्रममा आफ्नी आमासँग नै पुग्ने गरेकी छिन् । साम्राज्ञीले मारुनीको गीत रिलिज कार्यक्रममा लगाएको परिहरनले अहिले सर्वत्र चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्