‘अनमोल मेरो मिल्ने साथी’ : नम्रता श्रेष्ठ



२८ जेठ २०७६, काठमाडौँ

नम्रता श्रेष्ठ पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । पछिल्लो समयमा उनले खेलेको प्रसाद चलचित्र प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै नै मन पराएका थिए । अहिले नम्रता चलचित्र जाइरा को प्रमोशनमा व्यस्त छिन् ।

नम्रता आजभोली नायिका करिश्मा मानन्धरका साथ बढी देखिने गरेका छन् । उनले आफूले आजभोली करिश्मा र अनमोलसँग समय बिताउने गरेको बताएकी छिन् । उनले करिश्मालाई आफूलाई यो क्षेत्रमा अगाडी बढाउने दिदी बताएकी छिन् भने अनमोल आफ्नो मिल्ने साथी भएको बताएकी छिन् । उनीहरु चलचित्र क्याप्टेन को प्रदर्शनको क्रममा एकसाथ देखिएका थिए ।

यी दुईले आफूहरु एकअर्काको मिल्ने साथी भएको बताउँदै आएका छन् भने एकअर्कासँग आफ्नो कुरा सेयर गर्ने गरेको पनि बताएका छन् । यी दुईलाई चलचित्रमा एकसाथ हेर्ने रहर दर्शकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्