‘सारेगमपा’ को फाइनल सकेर नेपाल फर्किएका आयुषलाई एयरपोर्टमा गरियो भव्य स्वागत, खोले विजेता नबन्नुको रहस्य



२८ जेठ २०७६, काठमाडौँ

सारेगमपा को ग्राण्ड फिनाले भैसकेको छ । सारेगमपा मा नेपालका छोरा आयुष केसी र प्रितम आचार्य पनि सहभागी भएका थिए । विभिन्न राउण्डहरु पार गर्दै आयुष र प्रितम सारेगमपा को फाइनलमा पुग्न सफल भएका थिए ।

आयुषले सारेगमपा लिटल च्याम्प मा चौथो स्थान हासिल गर्न सफल भए भने प्रितमले तेस्रो स्थान हासिल गरे । आयुष र प्रितम सारेगमपा को यो स्थानसम्म आइपुग्नु भनेको सम्पूर्ण नेपालीको लागि गौरवको कुरा हो । सारेगमपा को फिनाले  सकेर आयुष नेपाल फर्किसकेका छन् । उनलाई एयरपोर्टमा निकै भव्य स्वागत गरिएको छ । आयुषको स्वागतका लागि उनका आफन्त र स्कुलका साथीहरु पनि आएका थिए ।

आयुषका आमाबुबाले छोराले आफ्नो नाम निकै उचो बनाएको बताए । उनीहरुले छोराको यो सफलताबाट निकै गौरव महशुस भैरहेको बताए । त्यस्तै आयुषले पनि विजेता नै नबनेपनि त्यो मञ्चमा गएर आफूले धेरै कुरा सिक्न पाएकोमा आफू निकै खुसी भएको बताए । उनले प्रितमको लागि पनि आफू ज्यादै खुसी भएको बताए । आयुषले आफ्नो संगीत यात्रालाई निरन्तरता दिइरहने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्