सुहानाले छोटो कपडा लगाएर नाचेपछि दर्शकले भने शाहरुखले छोरीलाई राम्रो संस्कार दिन सकेनन्



२८ जेठ २०७६, काठमाडौँ

शाहरुख खानकी छोरी सुहाना खान बलिउडकी चर्चित स्टारकिड हुन् । उनी बेला बेलामा चर्चामा आइरहेकी हुन्छिन् । अहिले पनि सुहाना आफ्नो डान्सको कारण सामाजिक सञ्जालमा निकै छाइरहेकी छिन् ।

सुहानाले एक पार्टीमा गरेको डान्स अहिले भाइरल भैरहेको छ । उनले उक्त डान्समा निकै छोटो कपडा लगाएकी हुन् । हुन त सुपरस्टारकी छोरी भएका कारण पनि उनले आफ्नो इच्छा अनुसार गेटअप लगाउन सक्छिन् । तर उनको कपडा निकै छोटो भन्दै अहिले फ्यानले निकै नराम्रो कमेन्ट गरिरहेका छन् ।

त्यतिमात्र नभएर धेरैले शाहरुखले छोरीलाई राम्रो संस्कार दिन नसकेको समेत भनेका छन् । सुहानाले छोटो लुगा लगाएकाले शाहरुखलाई समेत तनाव पर्ने भैसक्यो । सुहाना आफ्नो लुगाका कारणले चर्चामा आएको यो  पहिलो पटक भने होइन ।

प्रतिक्रिया दिनुहोस्