एयरपोर्टमा मनाए महानायक राजेश हमालले आफ्नो जन्मदिन, मधु भने लजाइन्



२६ जेठ २०७६, काठमाडौँ

आज महानायक राजेश हमालको जन्मदिन रहेको छ । राजेश हमाल आजै आफ्नी पत्नीसँग बाहिर जादैँछन् । यसपटक उनले आफ्नो जन्मदिन भने निकै रमाइलोसँग मनाएका छन् । राजेशलाई उनकी श्रीमती मधुले रातिको १२ बजे नै जन्मदिनको शुभकामना दिएकी थिइन् ।

राजेशले बेलुका १२ बजे आफ्नी श्रीमती र केही साथीहरुसँग जन्मदिन मनाए भने दिउँसोमा उनले आफ्नो जन्मदिन एयरपोर्टमा मनाएका छन् । उनले एयरपोर्टमा नै केक काटेर सबैसँग आफ्नो जन्मदिन मनाए ।

उमेरले ५५ बर्ष पुगिसक्दा पनि राजेशसँग काम गर्ने उही जोस र जाँगर भने छ । उनलाई हेर्दा उनी भर्खरै २५ बर्षका जस्ता देखिन्छन् । राजेश हमाल सधैँ निकै फूर्तिलो रहने व्यक्ति हुन् । उनले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्