बिना मेकअप यस्ति देखिइन् करिना, ‘बुढी’ देखियो भन्दै फ्यानले उडाए मजाक



२६ जेठ २०७६, काठमाडौँ

करिना कपुर बलिउडकी नाम चलेकी अभिनेत्री हुन् । उनी अहिले चलचित्रमा त्यति देखिएकी छैनन् तर केही न केही कारणले उनी मिडियाको हट टपिक भने बनिरहेकी हुन्छिन् । केहीसमय अघि उनले रियालिटी शो मा लिएको महंगो पारिश्रमिकका कारण उनी चर्चामा आएकी थिइन् ।

अहिले फेरि करिनाको कुराले सामाजिक सञ्जाल तातिएको छ । करिनाले केहीसमय अघि सामाजिक सञ्जालमा बिना मेकअपको तस्बिर पोष्ट गरेकी थिइन् । उनलाई सधैँ मेकअपमा देखिने भएकाले उनको उक्त तस्बिर दर्शकको लागि अनौठो नै थियो । करिना बिना मेकअपमा त्यति राम्री भने देखिएकी छैनन् ।

त्यसैले अहिले उनको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा दर्शकले उनको मजाक उडाइरहेका छन् । धेरैले कमेन्टमा उनलाई उक्त फोटोमा निकै बुढी देखिएको बताएका छन् । उनको यो तस्बिरबाट उनी मेकअपमा नै धेरै राम्री देखिने थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्