छवि ओझा बिर्सदैँ रेखा र शिल्पाले बढाए दोस्तीको हात : भन्छन्, ‘हामी एकअर्काको मिल्ने साथी’



२६ जेठ २०७६, काठमाडौँ

रेखा थापा र शिल्पा पोखरेल दुवै नेपाली चलचित्र जगतका नाम चलेका नायिका हुन् । दुवैको अभिनयको दर्शकले सधैँभरि खुलेर तारिफ गर्ने गरेका छन् । तर शिल्पाले रेखाले जति सफलता भने पाउन सकिनन् । अझ गज्जबको कुरा त के छ भने रेखाको पूर्व श्रीमान छवि ओझासँग अहिले शिल्पा अफेयरमा छिन् ।

यी दुईले विवाह समेत गरिसकेका चर्चा सिनेवृतमा चलिरहन्छ । यस्तै छविकै कारण शिल्पा र रेखाबीच राम्रो सम्बन्ध नभएको कुरा पनि सिनेवृतमा नचलेको होइन । यी दुईलाई एकअर्काको दुश्मन समेत भनिन्छ । तर शनिबार यी दुईलाई राजधानीमा एकसाथ देख्दा जो कोही चकित भएका थिए ।

हुन त शिल्पा र रेखाले पहिलेदेखि नै आफूहरुबीच सम्बन्ध नबिग्रिएको बताउँदै आएका थिए । तर हिजो यी दुईको गज्जबको मित्रता देखिएको थियो । चलचित्र कलाकार संघको अध्यक्षको लागि भोट दिन जादाँ यी दुईको भेट भएको थियो ।

रेखा र शिल्पा एकअर्कासँग निकै खुलेर कुरा गरिरहेका थिए । उनीहरुले एकअर्काको तारिफ गरेर थाकेनन् । शिल्पाले त अझ रेखा आफ्नो आइडल व्यक्ति भएको समेत बताइन् । उनीहरुको लोभलाग्दो मित्रताले रेखा र शिल्पाबीच छविका कारण कुनै  दुश्मनी नभएको स्पष्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्