१४ करोडको लागतमा खोटाङमा ‘यलम्बर’ पार्क निर्माण हुँदै



२६ जेष्ठ २०७६, काठमाडौं

खोटाङको मझुवागढी नगरपालिकामा ‘यलम्बर’ पार्क बन्ने भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित १४ करोडको लागतमा १०० फिट अग्लो ‘यलम्बर’को प्रतिमासहितको पार्क निर्माण हुने लागेको हो ।

पार्क निर्माणका लागि नगरपालिका र प्रदेश नं १ सरकारबीच सम्झौता भईसकेको छ । जसमा ७० प्रतिशत बजेट प्रदेश सरकारले र ३० प्रतिशत बजेट नगरपालिकाले लगानी गर्ने जनाईएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ मा छुट्याएको ७२ लाख रुपैयाँले हाल पार्क निर्माणको प्राथमिक कार्य भइरहेको छ । पार्क ३० रोपनी सरकारी जग्गामा निर्माण हुने लागेको हो ।

‘यलम्बर’ पहिलो किराँत राजा हुन् ।

प्रतिक्रिया दिनुहोस्