स्वेताको फेरिएको लुक्स (फोटो सहित)



२६ जेठ २०७६, काठमाडौँ

स्वेता खड्का नेपाली चलचित्र जगतकी निकै चर्चित नायिका हुन् । केहीसमय अघि भारतमा आफ्नो अप्रेशन गराएर नेपाली फर्किएकी स्वेताको घाटीको एक भागमा भने प्यारालाइसिस भएर उनी अहिले बेड रेष्टमा छिन् ।

स्वेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । श्रीकृष्णको निधनपछि उनी निकै नै दुखी भएकी थिइन् । उनलाई सामान्य परिस्थितिमा आउनको लागि निकै नै समय लाग्यो । स्वेताले चाहेर पनि श्रीको यादलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।

अहिले फेरि स्वेता उहि पुरानो जोस पर जाँगरका साथ आफ्नो काममा अघि बढिरहेकी छिन् । स्वेता चलचित्रमा मात्र नभएर अहिले सामाजिक कार्यमा पनि उत्तिकै संलग्न छिन् । स्वेताको अनुहारमा उहि पुरानो चमक फेरि फर्किएको छ । अहिले उनले आफूलाई खुसी राख्नको लागि निकै कोशिस गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्