नेपालका रमणीय ठाउँ घुम्दै तेरिया (फोटो सहित)



२५ जेठ २०७६, काठमाडौँ

तेरिया मगर धेरै समयपछि नेपाल आएकी छिन् । उनी आजभोली भारतमा नै बस्ने भएकाले उनको पढाईमा बाधा पुग्ने भएकाले उनी नेपाल आउन नपाएकी हुन् । अहिले भने आफ्नो छुट्टी मनाउन उनी नेपाल आएकी छिन् ।

तेरिया मगर अहिले नेपालका रमणीय ठाउँहरु घुम्नमा व्यस्त छिन् । यस्तै उनले आफ्ना हरेक तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गर्दै आएकी छिन् । तेरियाले नाचेर नै आफ्नो नाम विश्वभर प्रसिद्ध बनाएकी छिन् । उनी नाच्नमा मात्र नभएर गाउनमा पनि उत्तिकै पोख्त छिन् । यतिबेला सामाजिक सञ्जालमा उनका तस्बिरहरु भाइरल छन् ।

प्रतिक्रिया दिनुहोस्