‘गलबन्दी’ गीत हिट भएपछि प्रकाश सपूतलाई आइजीपी सर्वेन्द्र खनालले फोन गरेर दिए बधाई



२५ जेठ २०७६, काठमाडौँ

यतिबेला प्रकाश सपूतको गलबन्दी बोलको गीतले जताततै चर्चा पाइरहेको छ । गलबन्दी गीतलाई मौलिक लोकगीत भन्दै दर्शकले प्रकाशलाई बधाई दिनुको साथै यस्तै गीत फेरि सिर्जना गर्नको लागि पनि आग्रह गरिरहेका छन् ।

आफूले दर्शकबाट पाएको अपार मायाबाट प्रकाश निकै खुसी देखिएका छन् । यस्तै गलबन्दी गीत हिट भएपछि उनलाई आइजीपी सवेन्द्र खनालले फोन गरेका छन् । सवेन्द्रले गलबन्दी हिट भएकोमा प्रकाशलाई बधाई दिनुको साथै यस्तो मौलिक गीत बनाएकोमा धन्यवाद पनि दिए । प्रकाशको लागि यो निकै ठूलो उपलब्धी हो । उनलाई देशका ठूला ठूला मानिसले बधाई दिइरहेका छन् । प्रकाशले खुसी हुँदै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्