आज ‘सारेगमपा’ को फाइनल, के नेपालका छोरा आयुष र प्रितममध्ये एक बन्लान् त विजेता ?



२५ जेठ २१०७६, काठमाडौँ

भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपालका छोरा आयुष केसी र प्रितम आचार्यले पनि सहभागिता जनाएका थिए । अडिसन देखि विभिन्न चरणहरु पार गर्दै आयुष र प्रितम सारेगमपा को फाइनलमा पर्न सफल भएका छन् ।

आयुष र प्रितम सारेगमपा को फाइनलमा पुग्नु भनेको आयुष र प्रितमको लागि मात्र नभएर नेपालको लागि नै गर्वको कुरा हो । फाइनलसम्म आउन आयुष र प्रितमलाई त्यति सजिलो थिएन । तर उनीहरुले निकै मेहेनत गरेर फाइनलमा पुग्न सफल भएका छन् । यस्तै आज आयुष र प्रितम सारेगमपा को मञ्चमा अन्तिम पटक प्रस्तुती दिदैँछन् । आज सारेगमपा को ग्राण्ड फिनाले रहेको छ । यो सँगै नेपालीको ढुकढुकी पनि बढिरहेको छ ।

आयुष र प्रितममध्ये सारेगमपा को ट्रफी उचाल्छन् वा उचाल्दैनन् यो हेर्नको लागि सबैजना निकै आतुर रहेका छन् । आयुष र प्रितम फिनालेमा पुग्नु भनेको नै निकै ठूलो उपलब्दी हो । अर्काको देशमा गएर त्यहिँका प्रतिस्पर्धीलाई उछिन्दै फाइनलमा पुग्नु भनेको सानो कुरा होइन । आयुष र प्रितमलाई फाइनलको लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्