प्रेम चर्चाका कारण पूजा र आकाशलाई पर्यो तनाव, परिवारले किन गरे गाली ?



२५ जेठ २०७६, काठमाडौँ

पूजा शर्मा र आकाश श्रेष्ठ पछिल्लो समयका निकै चर्चित कलाकार हुन् । यी दुईले पहिलो पटक चलचित्र रामकहानी मा एकसाथ काम गरेका थिए । पहिलो चलचित्रमा नै दर्शकले पूजा र आकाशको जोडीलाई अत्यन्तै रुचाए ।

अहिले पूजा र आकाशको जोडीको सर्वत्र चर्चा हुने गरेको छ । यी दुईले सधैँ आफूलाई एकअर्काको मिल्ने साथी भएको बताउँदै आएका छन् । तर दर्शकको चाहना भने यो जोडीलाई रियल प्रेम जोडी भएको हेर्ने छ । जताततै प्रेम चर्चा चलिरहदाँ पूजा र आकाशलाई यो कुराले तनाव पनि दिइरहेको छ ।

पूजा र आकाशले आफूहरु मिल्ने साथी मात्र भएको बताउँदा पनि उनीहरुलाई प्रेमी प्रेमिका भनिने गरिन्छ । हुन त यो दर्शकको माया हो तर यहि मायाले कहिले काहिँ समस्या पनि ल्याउने गरेको छ । यस्तै अहिले पूजा पर आकाश चिन्तित छन् । किनकी आफूले बुझे पनि हरेक कुरा परिवारलाई बुझाउन मुश्किल हुन्छ । किनकी परिवारले त्यहिँ बुझ्छ जुन कुरा जताततै देखाइएको हुन्छ । पूजा र आकाशले पनि आफ्नो परिवारले यस विषयलाई लिएर चिन्तित भएकाले आफूहरुलाई त्यस्तो नजरमा नहेरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्