जियालाई छोडेर रीमासँग विवाह गरे भुवनले



२४ जेठ २०७६, काठमाडौँ

भुवन केसीले रीमा विश्वकर्मासँग विवाह गरेका छन् । यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर भुवन र रीमाले रियलमा नभएर रिलमा विवाह गरेका हुन् । रियलमा यी दुवैको वैवाहिक जीवन सफल छैन । दुवैले स्क्रिनमा भने मज्जाले विवाह गरेका छन् ।

यतिबेला नवलपरासीमा चलचित्र मिस्टर नेपाली को धमाधम छायांकन भैरहेको छ । चलचित्रमा भुवन दोहोरो भूमिकामा देखिदैँ छन् । चलचित्रमा उनको जोडिको रुपमा रीमा विश्वकर्मालाई देख्न सकिन्छ । बेहुली भन्दा रीमा निकै राम्री देखिएकी छिन् भने भुवनलाई पनि बेहुलाको कपडाले निकै सुहाएको छ । अहिले उनीहरुको उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्