आज कृष्ण र रुपाको दोस्रो एन्निभर्सरी, कृष्णकी आमाले आर्शीवाद दिदैँ नाति मागिन्



२४ जेठ २०७६, काठमाडौँ

कृष्ण ओली र रुपा ओली पछिल्लो समयका निकै चर्चित रियल जोडी हुन् । कृष्णको बारेमा अब सबैलाई थाहा भैसकेको छ । त्यसैगरी कृष्णको हरेक पाइलामा रुपाले पनि साथ दिदैँ आएकी छिन् । अहिले कृष्ण र रुपालाई धेरैले आफ्नो आइडल जोडी पनि मानेका छन् । हुन पनि यो जेडी साच्चिकैँ धेरैको लागि आइडल बनेको छ ।

आज तिनै रुपा र कृष्णले विवाह गरेको २ बर्ष पुरा भएको छ । आफ्नो २ एन्निभर्सरीमा रुपा र कृष्णले आफ्ना विगतका केही कुरा गरेका छन् । स्मरण रहोस रुपा र कृष्णको लब म्यारिज भएको हो । यी दुईले आजभन्दा २ बर्षअघि विवाह गरेका थिए । रुपा र कृष्णको निकै रोमाञ्चक लबस्टोरी रहेको छ । रुपा र कृष्णले मागी विवाह नभएर भागी विवाह गरेका थिए । केही कारणले गर्दा रुपाको परिवारको साथ नमिलेपछि रुपा र कृष्णले भाग्नुपरेको थियो ।

२ बर्षको अन्तरालमा रुपा र कृष्णको कत्तिपनि मनमुटाव भएको छैन । रुपाले कृष्णको हरेक पाइलामा उनलाई साथ दिदैँ आएकी छिन् । कृष्णले पनि रुपाको हौसला बढाउँदै आएका छन् । यस्तै आज रुपा र कृष्णको एन्निभर्सरीमा रुपा र कृष्णकी हजुरआमाले अब आफूलाई एउटा नाति चाहिएको बताउँदा रुपा र कृष्ण लजाएका थिए । उनीहरुले कृष्णको खुट्टा र हात हालिसकेपछि बच्चा जन्माउने योजना भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्