‘गलबन्दी’ गायक प्रकाश भन्छन् : ‘दुहुनो भैँसी बेचेर चामल किनेको दिन सम्झदाँ अहिले पनि आँखा रसाउँछ’



२४ जेठ २०७६, काठमाडौँ

बोल माया र गलबन्दी हिट भएपछि प्रकाश सपूतको चर्चा थप चुलिएको छ । उनले करिब १ बर्ष पहिले बोल माया बोलको गीत निकालेका थिए । जसले दर्शकलाई निकै रुवाएको थियो । त्यस्तै बोल माया आएको १ बर्षपछि प्रकाशले बोल माया को अगाडीको कथालाई प्रस्तुत गर्दै गलबन्दी बोलको गीत निकालेका छन् । उक्त गीतले अहिले बजारमा तहल्का मच्चाइरहेको छ ।

प्रकाश सपूत आज सफल गायक बनेका छन् । जताततै उनको डिमाण्ड छ । तर यो स्थानसम्म आइपुग्नको लागि प्रकाशले निकै नै मेहेनत गरेका छन् । सामान्य परिवारमा हुर्केका प्रकाशको यहाँसम्मको यात्रा निकै कठिनमय रहेको छ । सानो उमेरदेखि नै मेहेनती स्वभावका प्रकाश घरको जेठो बाठो छोरा भएका कारण पनि सानैदेखि उनीमा धेरै जिम्मेवारी थियो । पारिवारिक आम्दानी धेरै नभएका कारण भाईहरुलाई पढाउने देखि आमाबाबा हेर्ने जिम्मा उनलाई दिइएको थियो ।

सायद त्यहीँ परिस्थितिले पनि प्रकाशलाई मेहेनत गर्न सिकायो । गायनमा उनलाई सानै उमेरदेखि नै रुचि थियो । उनी पहिले देखि नै लोकगीतहरु गाउने गर्थे । प्रकाश यो स्थानसम्म आइपुग्नुमा उनको परिवारको पनि निकै ठूलो योगदान रहेको छ । उनको परिवारले हरेक पल प्रकाशलाई साथ दिदैँ आएका थिए । काठमाडौँ आउने वित्तिकै उनीसँग बस्न र खानको लागि पैसा नभएका कारण उनले होटलमा भाडा माझेर समेत बसेका छन् ।

प्रकाश आफ्नो विगत सम्झदाँ आँखा रसाउने बताउँछन् । तर त्यति नै यो कुराले आफूलाई संघर्ष गर्न सिकाएकाले आफू खुसी भएको पनि उनी बताउँछन् । उनले गाउँमा बस्दाँ खाना खानको लागि पैसा नभएर धेरै दुध दिने दुहुनो भैसी बेचेर खानेकुरा किनेको दिन सम्झदाँ अझै पनि आफ्नो आँखा रसाउने गरेको बताए ।

आज प्रकाश यो स्थानसम्म आइपुग्नुमा उनकी श्रीमती विन्दुको पनि ठूलो हात रहेको छ । उनले हरेक समयमा प्रकाशको साथ दिएकी छिन् । उनले प्रकाशको हौसला र तागत बनेर प्रकाश हिडेको बाटोमा उनलाई साथ दिदैँ गइन् । आज प्रकाश निकै चर्चित गायक बनिसकेका छन् । उनले दर्शकको अपार माया र साथ पाइरहेका छन् । त्यसैले उनी आफ्नो सफलतामा दर्शकको पनि महत्वपूर्ण हात रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्