ठमेल विकास परिषद्मा अर्जुन लाल प्रधान नेतृत्व समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न



२३ जेठ २०७६, काठमाडौं

आगामी जेठ २५ गते शनिबार हुन लागेको ठमेल विकास परिषद्को नयाँ कार्यसमितिको निर्वाचनमा अर्जुन लाल प्रधान नेतृत्व समूहले उम्मेदवार परिचयात्मक कार्यक्रम मनाङ्ग होटल ठमेलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा ‘सुरक्षित ठमेल–व्यवस्थित ठमेल’ भन्ने मूल नाराका साथ प्रधानको नेतृत्वले १२ सदस्यीय कार्यसमितिलाई अध्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।

कार्यसमिति विवरण :

नेपाल पर्यटन विकास परिषद्को जेठ २५ गते हुन गईरहेको निर्वाचनमा अर्जुन लाल प्रधान नेतृत्व प्यानलको प्रतिबद्धता पत्रमा विभिन्न १५ वटा एजेण्डा रहेका छन् :

  • शान्ति सुरक्षाको उचित व्यवस्था
  • ट्राफिक र पार्किङको दीर्घकालिन व्यवस्था मिलाउन पहल
  • ठमेल क्षेत्रको म्यापिङ्ग सही ढंगले गरिने
  • ठमेल क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्दै शुन्दर सहरका रुपमा चिनाउन प्रचार प्रसार गरिने
  • पर्यटकहरुको सेवा सुविधा वृद्धिका लागि पर्यटन सूचना केन्द्र तथा पर्यटकमैत्री प्रविधिको स्थापना गर्न पहल
  • ध्वनी प्रदुषण कम गराउन पहल
  • सडक र सढक बत्तिको व्यवस्थापन
  • फोहोर व्यवस्थापन
  • ढल निकासा र खानेपानीको दीर्घकालिन समाधान
  • घरधनी र व्यवसायी बीचको आपसी सम्बन्ध सुमधुर पारिनुका साथै सबैलाई जिम्मेवारीवोध र अपनत्वको वातावरण मिलाउन एक समिति गठन
  • सल्लाहकार समिति गठन
  • भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रभावकारी भूमिका खेल्ने
  • व्यवसायीहरुको व्यवसायको सुरक्षाका लागि हरदम पहल गर्ने
  • ठमेल क्षेत्रको सम्पदाहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचार–प्रसार गर्दै पर्यटकको गन्तव्यस्थल बनाईने

विस्तृत जानकारीको लागि :

अर्जुन लाल प्रधान विगत तीन दशकदेखि व्यवासाय, सामाजिक कार्य तथा खेलकुद पर्यटनमा अब्बल रहेका छन् । प्रधानले सामुदायिक प्रहरीमा समेत आफू आजीवन सदस्य रहेको बताउँदै आएका छन् ।

को हुन् अध्यक्षका दावेदार प्रधान ?

ठमेल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेको ठमेल विकास परिषद्ले जेठ २५ गते गर्न लागेको साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्