विश्व वातावरण दिवसको अवसरमा कामपा १५ को सरसफाई कार्यक्रम सम्पन्न



२२ जेठ २०७६, काठमाडौँ

विश्व वातावरण दिवसको अवसरमा काठमाडौं महानगरपालिका वडा नं. १५ ले विश्व सम्पदा क्षेत्रमा पर्ने स्वयम्भुदेखि बिजेश्वरीसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठले सरसफाई गर्दै उद्घाटन गरेको कार्यक्रममा कामपा १५ वडा अध्यक्ष तथा कामपाका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरू, कामपा वातावरणका कर्मचारीहरू, नेपाली सेना रेञ्जर रेजिमेन्ट, नेपाली प्रहरी महानगरीय प्रहरी बृत्त स्वयम्भु, समुदाय प्रहरी साझेदारी १५ वडा समिति, नेप्सेम्याक, सिस्डोल सरसफाई, बिभिन्न संघसंस्थाहरूर टोलका व्यक्तिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्