काठमाडौँ महानगरपालिका वडा नं – १५ मा उदघोषण तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न



२२ जेठ २०७६, काठमाडौँ

स्वयम्भू ब्याङ्कवेट र निपुहिटी ग्वसाः खलःको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं – १५ मा उदघोषण तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि कामपाका प्रवक्ता एवं १५ नं. वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, अतिथीहरुमा वयम्भू ब्याङ्कवेटका प्रोपराईटर त्रिरत्न मानन्धर, निपुहिटी ग्वसाः खलःका अध्यक्ष ओमकृष्ण श्रेष्ठ लयायत उदघोषण प्रशिक्षक नरेश मल्लको उपस्थिति रहेको थियो ।

उदघोषण तथा ब्यक्तित्व बिकास तालिममा सहभागी २० जनाको प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि श्रेष्ठले प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्