सलमान भन्छन् : ‘मलाई बच्चा चाहिएको छ, आमा होइन’



२२ जेठ २०७६, काठमाडौँ

सलमान खानको बहुप्रतिक्षित चलचित्र भारत आजबाट सबैतिर एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रलाई समिक्षकले निकै राम्रो भनेका छन् भने दर्शकले पनि चलचित्र निकै राम्रो भएको बताएका छन् । सलमानले चलचित्र भारत आफ्नो लागि पनि निकै विशेष भएको बताउँदै आएका थिए ।

यस्तै सलमान अविवाहित भएकाले उनलाई सधैँभरि विवाहबारे नै प्रश्न सोधिने गरिन्छ । यसपटक पनि भारत को प्रमोशनको समयमा धेरै ठाउँमा उनलाई विवाहबारे प्रश्न गरिएको थियो । तर यसपटक सलमानले आफ्नो विवाहबारे अनौठो जवाफ दिएका छन् । सलमानले आफूलाई बच्चाको चाहना भएको तर बच्चाको आमाको जरुरत नभएको बताएका छन् ।

सलमान अहिलेको समयमा विवाह गर्नैपर्छ भन्ने मान्यता नरहेकाले आफू विवाह नगर्ने सोचमा भएको बताएका छन् । उनी विवाह भन्दा मित्रताको सम्बन्ध नै राम्रो हुने भएकाले आफूले विवाह नगरेको बताएका छन् । यस्तै सलमानले आफूलाई सन्तानलाई हुर्काउन भने निकै रहर लागेपनि बच्चासँगै आमालाई पनि पाल्न भने आफू तयार नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्