‘प्रेमगीत ३’ र ‘भद्रगोल’ टिमको ‘फनफनी’ एकसाथ रिलिज हुँदै ! कसले मार्ला त बाजी ?



२२ जेठ २०७६, काठमाडौँ

भद्रगोल अहिले सबैभन्दा बढी हेरिने टेलिसिरियल हो । यस टेलिसिरियलका सबै कलाकार र उनले बोल्ने डाइलग पनि निकै फेमस छन् । यस्तै भद्रगोल टिमले अब चलचित्र पनि निर्माण गर्ने भएको छ । भद्रगोलका मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाडे) ले अब आफूहरुले चलचित्र निर्माण गर्न लागेको बताएका छन् ।

धेरै पहिले नै चलचित्र बनाउने यो टिमको सोच थियो । तर समय नमिलेका कारण चलचित्रको काम रोकिएकाले अब चलचित्र निर्माण हुने भएको छ । भद्रगोल टिमले निर्माण गर्ने चलचित्रको नाम फनफनी राखिएको छ । यो चलचित्रमा महंगो पारिश्रमिकका साथ विपिन कार्की रहने कुरा थियो । तर विपिनले अहिले चलचित्रबाट हात झिकिसकेका छन् । यो चलचित्र आउँदो चैत्र २८ मा रिलिज गरिने निर्माण टिमको योजना रहेको छ ।

यदि यसो हुन गएमा यो बर्षको अन्त्यतिर दुई ठूला चलचित्रको महा भिडन्त हुने देखिएको छ । किनकी सोही समयमा चलचित्र प्रेमगीत ३ ले पनि आफ्नो प्रदर्शन मिति तय गरिसकेको छ । भद्रगोलका कलाकारको पनि आफ्नै क्रेज भएकाले चलचित्र जुध्न गएमा दुवै चलचित्रलाई ठूलो घाटा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्