बिहे गर्ने रहर जागेको खुलाउँदै बर्षाले भनिन्, ‘मिलन चाम्सलाई प्रेम गर्छु’



२२ जेठ २०७६, काठमाडौँ

बर्षा सिवाकोटी पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र विर विक्रम २ प्रदर्शनमा आएको थियो । चलचित्रले राम्रो व्यापार पनि गरेको थियो । विर विक्रम २ पछि बर्षाको चर्चा थप चुलिएको छ । अझ उनको नाम पछिल्लो समयमा निर्देशक मिलन चाम्ससँग जोडिएर आउने गरेको छ ।

धेरैले उनको र मिलनको प्रेमसम्बन्ध भएको बताएका छन् । तर बर्षा र मिलनले भने यो कुरालाई गलत बताउँदै आएका छन् । यस्तै बर्षाले केहीदिन अघि मिलन र आफ्नो फोटो सामाजिक सञ्जालमा सेयर गरेपछि झन् उनको र मिलनको प्रेम भएको नै बताएका छन् । बर्षाले हो म मिलनलाई प्रेम गर्छु तर मेरो अभिभावक मानेर प्रेम गर्छु भनेकी छिन् । त्यस्तै मिलनले पनि बर्षालाई आवश्यक सर–सल्लाह दिने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्