सक्कियो ‘प्रेमगीत ३’ को नायिकाको लागि भएको अडिसन, कसले मार्ला त बाजी ?



२२ जेठ २०७६, काठमाडौँ

चलचित्र प्रेमगीत ३ मा नायिकाको लागि भैरहेको अडिसन हिजोबाट सकिएको छ । लगातार ३ दिनसम्म चलेको अडिसनमा दिनमा ६ जनाको दरले अडिसन लिइएको थियो । उत्कृष्ट २५ मा पर्न सफल युवतीमध्ये १८ जनाले नेपालबाटै अडिसन दिएका छन् भने देश बाहिर रहेको केही युवतीको अनलाइन अडिसन लिइने निर्माण टिमले बताएको छ ।

अडिसन दिएका सबै युवतीहरु निकै उत्कृष्ट भएकाले अब टप ५ छान्नको लागि आफूलाई निकै कठिन भैरहेको निर्माता सन्तोष सेनले बताएका छन् । सन्तोषले अब केही दिनमै टप ५ छान्दै नायिकाको घोषणा गर्ने बताएका छन् ।

अडिसन दिएका सबै युवतीको मुहारमा निकै खुसी छाएको छ । सबैलाई गीतको रोलमा आफू छानिन्छु कि भन्ने आश पनि छ । अब कसको भाग्यमा प्रदिपकी नायिका बन्न लेखेको छ त्यो हेर्न भने केहीसमय कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्