पलको जोडी आँचलसँग सुहाउँछ भन्दै फ्यानले दिए यतिधेरै उपहार, पल भए भावुक (भिडियो)



२१ जेठ २०७६, काठमाडौँ

पल शाह पछिल्लो समयका निकै चर्चित र व्यस्त अभिनेता हुन् । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । पललाई भेट्न देशका विभिन्न कुनाबाट फ्यानहरु आउने गरेका छन् । यस्तै पल राजधानीमा आफ्ना केही फ्यानसँग भेटिएका थिए ।

खासगरी पल आफ्ना फ्यानको आग्रहमा नै व्यस्तताका कारण पनि उनीहरुलाई भेट्न पुगेका थिए । पल आफ्ना फ्यानहरुसँग निकै खुलेर बोल्ने गर्छन् । जसलाई दर्शकले पनि निकै रुचाउने गरेका छन् । पलका फ्यानले विशेष पलको मुस्कान र अभिनयको तारिफ गरे । त्यतिमात्र नभएर पलको लागि उनका फ्यानले निकै गिफ्टहरु पनि लिएर आएका थिए ।

आफूलाई फ्यानहरुले यतिधेरै माया गरेको देखेर पल निकै खुसी देखिएका थिए । पलका फ्यानले पलको फोटो राखेर केक पनि बनाएर ल्याएका थिए । पलले सबैको अगाडी केक काटे । साथै उनका फ्यानले आफूलाई पल र आँचलको जोडी मन पर्ने बताउँदै पल र आँचललाई रियल कपल भएको हेर्ने रहर भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्