
२० जेठ २०७६, डोटी
जिल्लामा रहेका विपन्न तथा असहाय बालबालिकाहरुलाई एक संस्थाले शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको छ । सामुदायिक विकास केन्द्र, डोटीले दिपालय सिलगढी नगपालिका–८ लडागडा र पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका एक हजार ४०० विपन्न वर्गका बालबालिकालाई आज विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको सो संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो । उक्त संस्थाले वितरण गरेका सामग्रीमा कापी, कलम, झोला, डड्पेन, इरेजर, सापनर औजार लगायतका छन् ।
कूल एक हजार ६२१ जना विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने योजना रहेकोमा अहिलेसम्म एक हजार ४०० बालबालिकालाई सामग्री वितरण गरिसकिएको सो संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताउनुभयो ।





