‘सारेगमप’ को फाईनलमा पर्न सफल भए नेपालका छोरा आयुष र प्रितम



२० जेठ २०७६, काठमाडौँ

नेपालका छोरा आयुष केसी र प्रितम आचार्यले यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमप लिटल च्याम्प मा तहल्का मच्चाइरहेका छन्।अडिसनको चरणदेखि नै यी दुबै बालकहरुले जर्ज र दर्शकको मन जित्दै आएका छन् । त्यतिमात्र नभएर आयुष र प्रितम सारेगमपको फाईनलमा पर्न सफल भएका छन् ।

आइतबार प्रसारण भएको श्रङ्खलामा आयुसले ‘तुम मिले…’ बोलको गित गाएका थिए । उनको प्रस्तुतिबाट जज तथा जुरी निकै प्रभावित भए । उनको प्रस्तुति पछि जजहरु स्टेजमा नै पुगेर उनलाई सम्मान गरेका थिए । अब उनि फाइनल भिड्ने छन् ।

त्यस्तै जब प्रितमले ‘लुट गए…‘बोलको गीतमा आफ्नो प्रस्तुती दिँदै थिए तब सिंगो हल स्तब्ध भएको थियो । उनले यसरी आङ्ग नै जिरिङ्ग बनाए कि जजहरुसमेत ‘मन्त्र मुग्ध’ भएका थिए । उनको प्रस्तुती सकिए लगतै जजहरुले उनलाई स्टेजमै गएर उचालेका थिए ।

आयुष र प्रितमले आफ्नो आवाजको जादु विश्वभर नै छरिरहेका छन् । आयुष र प्रितम सारेगमपको फाईनलमा पुग्नु सम्पूर्ण नेपालीको लागि नै खुसीको खबर हो । आयुष र प्रितमलाई आगामी दिनको लागि पनि धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्