सलमानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ ले रिलिज हुनुभन्दा अगाडी नै कमायो १८० करोड



१९ जेठ २०७६, काठमाडौँ

सलमान खान यतिबेला चलचित्र भारत को प्रमोशनमा व्यस्त छन् । चलचित्र भारत आगामी जुन ५ बाट रिलिज हुँदैछ । चलचित्र भारत सलमानको मात्र नभएर सम्पूर्ण दर्शकको लागि निकै प्रतिक्षित बनिरहेको चलचित्र हो ।

त्यतिमात्र नभएर भारत निकै धेरै खर्चमा तयार पारिएको चलचित्र हो । यो चलचित्र बनाउँदा निर्माणतर्फ १२५ करोड, इडिटिङका लागि २५ करोड र सलमानको पारिश्रमिक १२५ करोड खर्च भएको छ ।

सलमान बलिउडका स्टार हुन् । उनले खेलेका अधिकांश चलचित्र सफल छन् । झन भारत त दर्शकले निकै कुरिरहेको चलचित्र हो । यो चलचित्रले रिलिज पूर्व नै १८० करोड भने कमाइसकेको छ । अब यो चलचित्रले आफ्नो लगानी उठाउनको लागि १९० करोड कमाउनु पर्ने देखिन्छ । चलचित्रमा सलमानका अलवा सबै चर्चित कलाकार रहेकाले पनि यो चलचित्रको कमाई निकै राम्रो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्