बलिउड नायिका करिनाको टेलिभिजन डेब्यू, यत्ती चर्को पारिश्रमिक लिदै



१७ जेठ २०७६, काठमाडौँ

बलिउड की निकै सफल र चर्चित नायिका करिना कपुर सैफ अली खान सँग बिवाह र तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । आमा बनिसकेकी उनको बलिउडमा अझै डिमाण्ड घटेको छैन । चलचित्रकी क्युन कारीना अब एक रियालिटी शो मार्फत टेलिभिजनमा पनि डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डान्स’को जजको रुपमा टेलिभिजनमा डेब्यू गर्दै छिन् ।

तर, उनले यो शोमा जज भएवापत चर्को पारिश्रमिक लिने भएकी छिन् । करिनाको तर्क छ –‘यस्तो रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन ?’

करिनाको शर्त यत्तीमा मात्र सिमित छैन । उनले, यो शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाले ८ घन्टामा शोको छायांकन सकेर आफू छोराका लागि घर जानुपर्ने भन्दै त्यो भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्