पुर्व प्रेमी रणवीर कपुरको रत्ती भर नि विस्वास छैन कट्रीनालाई



१७ जेठ २०७६, काठमाडौँ

बलिउडकी नायिका कट्रिना कैफ यतिबेला चलचित्र ‘भारत’ को प्रमोशनमा व्यस्त छिन् । यदी विवाद भएन भने यो चलचित्र जुन ५ बाट विश्वभर रिलिज हुँदैछ । चलचित्रको प्रमोशनका क्रममा उनी नेहा धुपियाले संचालन गरेको एउटा च्याट शोमा पुगेर रमाइलो गफ गरेकी छिन्  ।

कुराकानीका क्रममा उनले आफ्ना पुर्व प्रेमी तथा नायक रणवीर कपुरको विस्वास गर्न नसकिने बताएकी छिन् । कट्रिनाले रणवीरसँग कुनै पनि गोप्य कुरालाई बचाएर राख्ने क्षमता नभएको उल्लेख गरेकी छिन् । यसैले, उनीमाथि आफूले विश्वास गर्न नसक्ने कट्रिनाको भनाई छ ।

नायक रणवीर कपुरसँग केही बर्ष प्रेममा रहेकी कैफ कपुर सँग ब्रेकप पछि अहिले सिंगल छिन् ।

प्रतिक्रिया दिनुहोस्