जीवनलाई खुसी बनाउने १० उपायहरु



१२ जेठ २०७६, काठमाडौँ

हाम्रो जीवनलाई खुसी राख्नु जरुरी छ । किनकी मनमा निराशा बोकेर हिड्दा जीवन त नरमाइलो हुन्छ नै साथै त्यसले हाम्रो शरीरलाई पनि असर गर्छ । जीवनलाई खुसी बनाउने धेरै उपायहरु रहेका हुन्छन् ।

१.हिड्नु : हिड्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । हामीले दैनिक रुपमा १० देखि ३० मिनेट हिड्ने बानी गर्यौ भने त्यसले शरीरमा ताजापन दिन्छ र हाम्रो मन शान्त हुन्छ ।

२.मौन रहनु : हामीले दैनिक रुपमा गरेको भागदौडले शरीर निकै थाकेको हुन्छ । त्यसैले दैनिक १० मिनेट जति मौन बस्यौँ भने त्यसले हाम्रो शरीरलाई आराम दिन्छ ।

३.प्राथना : दैनिक रुपमा प्राथना गर्दा पनि मन शान्त रहन्छ । हामीले भगवानप्रति विश्वास राखेर काम गर्दा त्यसले हामीले थप उर्जा दिन्छ ।

४.प्राकृतिक खानामा जोड : हामीले खानामा पनि ध्यान पुर्याउनु आवश्यक छ  । सकेसम्म प्राकृतिक खानामा जोड दिनुपर्छ । त्यसका लागि ब्रोकाउली, आल्मोन्ड खानु बेस हुन्छ ।

५.उर्जाको जोहो : हामीले अरुको बारेमा नराम्रो भनेर हिड्नु भन्दा आफ्नो काममा बढी उर्जा दिएर काम गर्नु उत्तम हुन्छ । जसले हामीलाई नै फाइदा पुर्याउँछ  ।

६.सन्तुलित भोजन : स्वास्थ्यलाई फाइदा गर्ने खानेकुरा मात्र हामीले खानुपर्छ । हामीले खानेकुरा पनि मिलाएर खाने बानी गर्यौ भने त्यसले स्वास्थ्यमा असर गर्दैन  ।

७.जीवनलाई स्वीकार : समय र परिस्थिति सधैँ उस्तै रहदैँन । हाम्रो जीवनमा धेरै उदारचढावहरु आउन सक्छन्  । त्यस्तो अवस्थामा हामीले निराश हुँदै जीवनबाट हार खानु हुँदैन । जस्तो अवस्था छ त्यसलाई स्वीकार गर्दै अघि बढ्दा खुसी हुन सकिन्छ  ।

८.नतिजा स्वीकार : जीवनमा सधैँभरि जित मात्र हुन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा हाम्रो राम्रो प्रयास हुँदाहुँदै पनि हामी हार्न पुग्छौँ । त्यस्तो अवस्थामा हामीले निराश नभई आएको नतिजालाई स्वीकार्न सक्नुपर्छ  ।

९.सहयोगी बानी : अरुलाई सहयोग गर्दा आफ्नै मन शान्त हुन्छ । अरुलाई दुख परेको बेला हामीले निस्वार्थ भावनाले सहयोग गर्यौ भने त्यसले हामी आफैँलाई फलिफाप हुन्छ ।

१०.आत्म परीक्षण : हामीलाई अरुले के भन्छन् भन्दापनि हामी आफू चाहिँ कस्तो छौँ भनेर बुझ्नु जरुरी छ । आफूलाई अरुले भनेको कुरा सम्झेर निराश हुनुभन्दा आफूभित्र भएका कमजोरीलाई आफैँले महशुस गरेर त्यसलाई सुधार गर्दा खुसी रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्