मारङको सौठामा अत्याधुनिक अस्पताल निमार्ण हुने



०९ जेठ २०७६, काठमाडौं

मोरङको रतुवामाई नगरपालिका ६ सौठामा आँखा, नाक, कान र घाँटी रोग उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । बुधवार एक कार्यक्रमबीच रतुवामाई नगरपालिका मेयर रविन राईले अस्पताल भवनको शिलान्यास गरे सँगै अस्पताल निमार्णको काम अघि बढेको हो । वि.पी. नेत्र प्रतिष्ठान काठमाडौंको ३० लाख सहयोगमा ५ कोठे अस्पताल भवन निर्माण हुने बताइएको छ ।

अस्पताल निर्माणका लागि स्थानीय समाजसेवी विनोद थापा, सागरमणी कोइराला, प्रकाश पौडेल, हर्कबहादुर बस्नेत र खगेन्द्र भट्टराईले १६ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । नगरवासी सहित दक्षिणपूर्वी मोरङका विरामीहरुलाई लक्षित गरी निर्माण थालिएको अस्पताल भवन निर्माण आगामी पुस भित्रमा सम्पन्न गरिने वि.पी. नेत्र प्रतिष्ठान स्थानिय व्यवस्थापन समितिका संयोजक खड्क चोङवाङ्गले जानकारी दिनुभयो ।

शिलान्यास समारोहमा नेपाली काग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति नागेश्वर प्रसाद सिंह, इन्दीरा अधिकारी, जिल्ला सदस्य रमानाथ भट्टराई, वि.पी. नेत्र प्रतिष्ठान स्थानीय व्यवस्थापन समितिका संयोजक खड्क चोङवाङ्ग लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्