पाँचथर घटनाको दोषीलाई कडा कारबाही गर्न सांसदहरुको माग



०७ जेष्ठ २०७६, काठमाडौं

प्रतिनिधिसभाका सांसदहरुले गएराती पाँचथरको मिक्लाजुङ्गमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनासार कडा कारबाही हुनुपर्नेमा सरकारको ध्यानाकर्षन गराईन् ।

उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न समेत आग्रह गरेकी छन् ।

सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने समेत बताएका छन् ।

घटनाले दुई परिवारको ९ जना सदस्यहरुको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्