बलिउडकी चर्चित गायिका नेपाल आउँदै, ठमेलमा प्रस्तुती दिने



०७ जेठ २०७६, काठमाडौँ

नेहा कक्कड बलिउडकी निकै नै चर्चित गायिका हुन् । उनी अहिलेकी सर्वाधिक व्यस्त गायिका पनि हुन् । उनी पहिलो पटक आफ्नो प्रस्तुती दिन काठमाडौँ आउने भएकी छिन् । नेहाको फ्यान नेपालमा पनि प्रशस्त रहेका छन् ।

नेहाले ठमेलमा प्रस्तुती दिने भएकी छिन् । २५ सय दर्शकको भार थाम्न सक्ने ठमेलमा नेहाले लाइभ कन्सर्ट दिने भएकी छिन् । नेहा बलिउडमा छोटो समयमा नै स्थापित हुन सफल गायिका हुन् । उनले विभिन्न रियालिटी शो मा जर्जको रुपमा काम समेत गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्