सलमानसँग चलचित्र खेल्नको लागि आफ्नो तौल बढाउँदै आलिया



०७ जेठ २०७६, काठमाडौँ

सलमान खान र आलिया भट्ट दुवै बलिउडका निकै चर्चित कलाकार हुन् । यी दुईले आजसम्म एकसाथ स्क्रिन सेयर भने गरेका छैनन् । तर बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीले यो मौका जुराइदिएका छन् ।

सञ्जय लिला भन्सालीले सलमान र आलियालाई मुख्य भूमिकामा राखेर चलचित्र इन्साअल्ला बनाउँदै छन् । चलचित्रमा आलिया र सलमानको उमेर अन्तर धेरै भएकाले जोडी नसुहाउने कुरा धेरैले गरेका थिए । तर सञ्जयले चलचित्रको कथावस्तु नै त्यहि खालको भएकाले सलमान र आलिया चलचित्रमा फिट हुने बताएका छन् ।

यस्तै चलचित्रका लागि आलियाले आफ्नो तौल पनि बढाउने भएकी छिन् । वास्तवमा आलियाले सलमानको आग्रहमा तौल बढाउन लागेकी हुन् । सलमानले आलिया आफ्नो अगाडी निकै सानी देखिने भएकाले सञ्जयलाई आलियालाई तौल बढाउन सल्लाह दिनु भनेका थिए । सलमानले आफूले तौल घटाउन गाह्रो पर्ने भएकाले आलियाले नै तौल घटाउँदा राम्रो हुने बताएका छन् । अहिले आलिया चलचित्रका लागि आफ्नो तौल घटाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्