अन्तत : हुने भयो दुई प्रियंकाको भेट !



०७ जेठ २०७६, काठमाडौँ

प्रियंका कार्की यतिबेला यतिबेला कान्स फिल्म फेस्टिभल का लागि फ्रान्स पुगेकी छिन् । कान्स फिल्म फेस्टिभल मा नेपालको प्रतिनिधित्व गर्ने उनी पहिलो कलाकार हुन् । आजसम्म नेपालबाट कुनैपनि नायिका कान्स फिल्म फेस्टिभल का लागि गएका थिएनन् । प्रियंकाले नै पहिलो अवसर पाएकी हुन् ।

यस्तै कान्स फेस्टिभल मा नायिका प्रियंका कार्कीको बलिउड नायिका प्रियंका चोपडासँग भेट हुने अनुमान धेरैले लगाएका छन् । प्रियंका कार्की र प्रियंका चोपडाका धेरै कुरा मिल्ने भएकाले यी दुईलाई एकअर्कासँग दाँज्ने गरिन्छ । अब कान्स फेस्टिभल मा दुई प्रियंकाको भेट हुने  सम्भावना प्रवल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्