‘भारत’ बाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्छिन् : सलमान खान



०७ जेठ २०७६, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनी यतिबेला चलचित्र भारत को प्रमोशनमा व्यस्त छन् । चलचित्र भारत मा उनको जोडी नायिका कट्रिना कैफसँग जोडिएको छ । सलमान र कट्रिनाले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् ।

भारत बाट सलमान निकै आशातित रहेका छन् । उनले यो चलचित्रलाई आफ्नो ड्रिम प्रोटेक्टसम्म भनेका छन् । चलचित्र भारत को प्रदर्शन मिति नजिकिदैँ गर्दा सलमानले चलचित्रको मज्जाले प्रचार गरिरहेका छन् । यस्तैमा सलमानले कट्रिनाको पनि मज्जाले तारिफ गर्न भ्याएका छन् ।

उनले चलचित्र भारत मा कट्रिनाको काम निकै उत्कृष्ट भएको बताएका छन् । उनले कट्रिनाले यो चलचित्रको लागि निकै मेहेनत गरेकाले उनीबाट राम्रो काम निस्किएको बताएका छन् । त्यतिमात्र नभएर सलमानले यो चलचित्रबाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्