आमा भन्दापनि सुन्दरी छिन् पारस र हिमानी शाहकी छोरी पूर्णिका



धेरैलाई थाहा छ । हिमानी नेपालकी सुन्दरी महिलाको सूचीमा पर्छिन् । पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट २ छोरी र १ छोरा छन् । राजगद्धी त्याग गर्दा नै जन्मिसकेका उनीहरु अहिले कस्ता होलान् । सबैको चासोको बिषय बन्न सक्छ । उनै ३ सन्तान मध्ये जेठी छोरी पूर्णीका शाह निक्कै जवान भएकी छिन् र उनी आमा हिमानी भन्दापनि निक्कै सुन्दरी र आकर्षक देखिन थालेकी छिन् ।

उनै सुन्दरी आमाकी सुन्दरी छोरीले आमाको मुख हेर्ने दिन आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् ।

आमाप्रतिको सम्मान झल्काउँदै उनले लेखेकी छन् 

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया। “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।” ‘माता गुरूतरा भूमेः।’ ‘मातृ देवो भवः।’

साथमा उनले हिमानीकी आमा, पूर्वराजारानीको तस्बिर पनि राखेकी छन् । हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् । उनले शुक्रबारमात्र हजुरबा हजुरआमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको ५० औं वैवाहिक बर्ष गाँठको उपलक्ष्यमा पनि तस्बिर राखेर शुभकामना दिएकी थिइन् । उनले यदाकदा नेपालको राजनीतिलाई व्यंग्य गर्दै पनि स्ट्याटस लेख्ने गरेकी छन् ।

हजुरबा ज्ञानेन्द्रको तस्बिर राख्दै केही दिन अघि पूर्णिकाले लेखिन्,‘बेमौसमको गर्जिने बादल देखियो भने पानी पर्दैन, बर्षाको बादल नगर्जिए पनि पानी पर्छ । धेरै बोल्ने मानिसले काम गर्दैन तर एउटा राम्रो मानिस नबोली काम गर्छ ।’ हेरौ उनका केही तस्विरहरु, तस्विर स्रोत पूर्णीकाको फेसबुक अकाउण्ट

प्रतिक्रिया दिनुहोस्