नव दाम्पती नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई (फोटो फिचर)



०२ जेठ २०७६, काठमाडौं

नायिका दिपिका प्रसाई पछिल्ला समय चलचित्र जगतमा आएर निकै धुम मच्याएकी छिन् । उनी चलचित्र ऐश्रर्यबाट चलचित्र क्षेत्रमा पाईला चालेकी हुन् ,चलचित्र क्षेत्रमा निकै नै दर्शकहरुको माया ममता, साथ पाएकी र लाखौ दर्शकहरुको मन जित्न सफल भएकी छिन् । उनी लामो प्रेम सम्बन्धको अन्तरालमा निर्देशक दिवाकर भट्टराईसगँ बैशाख २४ गते विवाह बन्धनमा बाँधिएकी छिन् ।

निर्देशक दिवाकर भट्टराईले नेपालीहरुको हिन्दु परम्परा अनुसार नायिका प्रसाईको सिउँधो भरेका हुन् । उनीहरुको विवाह एक दमै रमाईलो तरिका बद्ध भएको थियो । दुबै पक्षका आफन्तहरुको भिड भएको छन् र उनीहरु गाउँमै विवाह गरेर होला खासै चलचित्रक्रमीहरुको उपस्थिती भएको देखिएनन् । विवाह पछि उनीहरु आ-आफ्नै कार्य क्षेत्रमै व्यस्त भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्