भावना ‘श्रेया’को



३१ बैशाख २०७६, काठमाडौं

प्रिय मान्छे…..
कुनै दिन यस्तो समय पनि आउँनेछ….

जहाँ बाहिर पार्किङ्गमा तपाईंको नामसँगैं जोडिएको कसैको नाम हुनेछ कारको पछाडी,

म सरासर भित्र जानेछु, तपाईं आफ्नो दुलहीसँग पार्टी प्यालेसको मञ्चमा मुस्कुराउँदै हुनुहुनेछ ।

कुनै दिन म तपाईंको पूर्व–प्रेमीका भएको नाताले तपाईंलाई एउटा रातो गुलाफको गुच्छा दिएर शुभकामना दिनेछु । मेरा हातहरु थर्थरी काप्नेछन्, । मेरा ओठहरु चल्न सक्ने छैनन् !

एउटा गोप्य पत्र हुनेछ मसँग,

म खुसुक्क तपाईंको हातमा थमाईदिनेछु, मेरा आँशुहरु लतपतिएकाले अक्षरहरु स्पष्ट देख्न नसक्नुहोला….

तर, त्यस पत्रमा म सदैव बाँचिरहनेछु ।

म फटाफट त्यहाँबाट निस्किन खोज्नेछु, जब ढोकाछेऊ पुग्छु, तब फरक्क फर्केर हेर्नेछु, तपाईं पनि मलाई नै हेरिरहेको देख्नेछु ।

म देख्नेछु तपाईंको आँखामा केही अंश प्रेम मेरा लागि पनि !

….र म आफुले आफैलाई वाचा गर्नेछु तपाईंको सामु कहिल्यै आउँने छैन भनेर…

प्रतिक्रिया दिनुहोस्