नेपाली महिला सम्झना राई बनिन् कोरियन प्रहरी अधिकृत (फोटो फिचर)



३० बैशाख २०७६, काठामाडौं

भोजपूरमा जन्मेकी २८ वर्षीय सम्झना राई दक्षिण कोरियाको प्रहरीमा  भर्ती भएकी छिन् । सन् २०१० मा नेपाल भ्रमणमा आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।

Image result for सम्झना राई बनिन्, कोरियन प्रहरी अधिकृत

भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् ।

Image result for कोरियन प्रहरी

राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् ।

Image result for कोरियन प्रहरी

उनले विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तत्पर रहने पनि बताइन् । आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतकोरुपमा उनले काम शुरु गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्