संघीय संसद् बैठकमा आजबाट प्रि–बजेट छलफल सुरु



२७ बैशाख २०७६, काठमाडौं

संघीय संसद् बैठकमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ ।

शुक्रबार (आज) ११ बजेबाट सुरु भएको संघीय संसद्को प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

महासचिव भट्टराईका अनुसार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/ ७७ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रेस गर्नेछन् ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी वर्षको विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्