विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सम्बन्धित सबै निकायलाई प्रम ओलीको निर्देशन



२२ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन गरेका छन् ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकमा उनले यस्तो बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभागले आँधी–हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् ।

साथै उनले आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्