विकासवादी डा. राजन भट्टराई सामाजिक क्षेत्रका युवा समेट्दै (भिडियो सहित)



२२ बैशाख २०७६, काठमाडौं

सधैंजसो विकास निर्माण र राजनीतिक कार्यक्रममा सहभागी हुने डा. राजन भट्टराई आज बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङले आयोजना गरेको सामाजिक क्षेत्रमा सक्रिय युवा भेलामा सहभागी भए ।

डा. राजन भट्टराईद्वारा सामाजिक क्षेत्रमा सक्रिय युवा भेलालाई सम्बोधन गरिएको भिडियो :

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रभावशाली सल्लाहकार रहेका डा. भट्टराईलाई निमन्त्रणा गरी प्रदेश सरकार र संघीय सरकारबाट युवाहरुको खेलकुद र उद्यमशीलताको लागि छुट्टै बजेट व्यवस्थापन गरिदिन सामाजिक र खेल क्षेत्रमा विशेष रुचि राख्ने युवाहरु समेटी वडाध्यक्ष तामाङले कार्यक्रम संचालन गरेका थिए ।

पार्टी एकता तल्लो तहसम्म नपुग्दा युवा गतिविधिहरु निश्क्रिय भएको बुझेपछि वडाध्यक्ष तामाङले नै बूढानीलकण्ठ वडा नं. ८ स्थित जनजागृति मावि महांकालमा सामाजिक र खेल क्षेत्रमा विशेष रुचि राख्ने चार दर्जन बढी युवाहरुको भेला गराई डा. भट्टराई समक्ष बजेट माग गरेका थिए ।

कार्यक्रममा डा. भट्टराईले वडाध्यक्ष तामाङको प्रस्तावलाई समर्थन गर्र्दै भने, ‘तपाईहरु एकीकृत भएर गतिशिल हुनुहोस्, एकताबद्ध हुनुहोस् खेल वा सामाजिक कामको माध्यमले अगाडि बढ्नुहोस् आवश्यक बजेटको प्रवन्ध मिलाईनेछ ।’

यो विशुद्ध सामाजिक कामको लागि आयोजना गरिएको भेला भएकोले राजनीतिक रङ्ग नदिन समेत डा. भट्टराईले सहभागीहरुलाई अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्