बहुप्रतिक्षित चलचित्र ‘विर विक्रम २’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

करिब ३ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र विर विक्रम बक्सअफिसमा सफल साबित भएको थियो । अहिले विर विक्रम २ को चर्चा निकै छ । चलचित्र विर विक्रम २ को २ गीत सार्वजनिक भैसकेका छन् । भर्खरै मात्र चलचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलरमा लबस्टोरी, कमेडी र एक्सन पनि देख्न सकिन्छ । चलचित्र विर विक्रम २ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, नाजिर हुसेन, बर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । विर विक्रम २ यो बर्षको प्रतिक्षित चलचित्र हो । चलचित्र विर विक्रम २ आउँदो जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्