यीमध्ये कसको हातमा पर्ला उत्कृष्ट नायकको अवार्ड ?



१२ बैशाख २०७६, काठमाडौँ

२०७५ सालमा थुप्रै चलचित्रहरु प्रदर्शनमा आए । तर विडम्बना औँलामा गनेर केही चलचित्रले मात्र दर्शकको भरपुर साथ पाउन सके । बर्षको अन्त्यसँगै अब अवार्डको पनि तयारी हुन थालिसकेको छ ।

यस्तैमा बैशाख २१ गते हुने भनिएको डि सिने अवार्ड ले पनि आफ्नो विभिन्न विधामा मनोनयनमा परेका चलचित्र र कलाकारको सुची सार्वजनिक गरेको छ । हरेक बर्ष डि सिने अवार्ड मा सर्वोत्कृष्ट नायकको लागि ५ जना नायक छानिने गर्थे । तर यसपटक ७ वटा चलचित्रबाट नायकहरु मनोनयनमा परेका छन् ।

सर्वोकृष्ट नायकको लागि चलचित्र ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ बाट नायक अनमोल केसी, ‘लब स्टेशन’ बाट प्रदिप खड्का, ‘यात्रा’ बाट सलिनमान बनियाँ, ‘प्रसाद’ बाट विपिन कार्की, ‘रामकहानी’ बाट आकाश श्रेष्ठ र ‘कायरा’ बाट आर्यन सिग्देल नोमिनेशनमा परेका छन् ।

यीमध्ये यो बर्ष उत्कृष्ट नायकको अवार्ड कसले उचाल्ने हुन् त्यो हेर्न भने हामीले बैशाख २१ नै कुर्नुपर्छ । यस्तै डि सिने अवार्ड ले अन्य विधाका नोमिनेशन पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्