राजेश हमालसँग ‘को बन्छ करोडपति’ खेल्न आए आयुष्मान र प्रियंका (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की र आयुष्मान जोशीको यतिबेला जताततै चर्चा छ । यो प्रेम जोडी कहिले नयाँ म्यूजिक भिडियो त कहिले आफूले गरेका सामाजिक कार्यका कारण चर्चामा आइरहेको हुन्छ ।

अहिले यो जोडी राजेश हमालसँग को बन्छ करोडपति खेल्न पुगेको छ । यो हप्ता हामीले को बन्छ करोडपति को हट सिटमा आयुष्मान र प्रियंकालाई देख्न सक्छौँ । आयुष्मान र प्रियंकाले जति रकम जित्छन् त्यो रकम राम्रो कामको लागि नै सदुपयोग हुनेछ । आयुष्मान र प्रियंकाले राजेश हमालसँग निकै मस्ती समेत गरेको आउँदो एपिसोडमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्