अन्तवार्तामा श्रीमतीको कुरामा लजाए राजेश हमाल, मधुलाई सम्झेर भए रोमान्टिक (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा महानायकको नामले परिचित छन् । उनले विगत ३० बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका छन् । त्यतिमात्र नभएर उनले थुप्रै सुपरहिट चलचित्र पनि दिएका छन् ।

तिनै राजेश हमाल विविध कारणले मिडियामा आइरहन्छन् । यसपटक भने उनी आफ्नी श्रीमती मधु भट्टराईका कारण चर्चामा आएका छन् । राजेश हमाल अन्तवार्तामा आफ्नी श्रीमतीको बारेमा बोल्न निकै अप्ठ्यारो मान्ने गर्छन् । भर्खरै मात्र बजारमा राजेश हमाल र उनकी श्रीमतीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

त्यसैको लागि लिइएको अन्तवार्तामा मधुको बारेमा बोल्न राजेश हमाल लजाइरहेका थिए । मधु अन्तवार्तामा नभएकाले राजेशले आफूले उनलाई निकै सम्झिरहेको समेत बताए । उनले आफू आफ्नो बैवाहिक जीवनमा निकै खुसी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्