२०० बर्ष अगाडीको कथामा बन्ने भयो ‘प्रेमगीत ३’



११ बैशाख २०७६, काठमाडौँ

चलचित्र प्रेमगीत बाट दर्शकको नजरमा परेका अभिनेता हुन् प्रदिप खड्का । यहि चलचित्रले उनलाई नयाँ नाम दिएको थियो । चलचित्र प्रेमगीत सफल भएपछि प्रेमगीत २ पनि बनेको थियो । जसलाई पनि दर्शकले औधी रुचाए । अब प्रेमगीत ३ पनि बन्ने भएको छ ।

चलचित्र प्रेम गीत ३ को यतिबेला कथाको काम भैरहेको छ । प्रेमगीत र प्रेमगीत २ भन्दा प्रेमगीत ३ को कथा निकै भिन्न भएको निर्माण टिमले जानकारी दिएको छ । करिब २०० बर्ष अगाडीको कथामा चलचित्र प्रेम गीत ३ बन्ने निर्माण टिमले बताएको छ ।

त्यस्तै चलचित्रको लागि कोही पनि कलाकार फाइनल नभएको पनि निर्माता सन्तोष सेनले बताएका छन् । प्राप्त जानकारी अनुसार यो चलचित्रमा अभिनेता प्रदिप खड्का भने फाइनल भैसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्